Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


आज नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले सस्तिएको छ । तिहारपछि गत सोमबार खुलेको बजारमा एकैदिन अधिकतम एक हजार ५०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार २०० रुपैयाँले घट्दै ९२ हजार ३०० रुपैयाँमा झरेको हो ।

यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज २०० रुपैयाँले नै सस्तिँदै ९१ हजार ८०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै आज पनि प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार