Logo
६ श्रावण २०८३, बुधबार
|  Wed Jul 22 2026

‘सुदन गुरुङले क्लिन चिट पाउँछन् र फेरि उनै गृहमन्त्री बनेर आउँछन्’:दुर्गा प्रसाईं


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व गृहमन्त्री सुदन गुरुङमाथि भइरहेको छानबिनलाई केवल औपचारिकताका लागि मात्र भएको बताएका छन्।

शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रसाईंले गुरुङले सफाइ पाउने र पुनः शक्तिमा फर्किने दाबी गरे। सुकुम्वासीका घरमा डोजर चल्दाचल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको घर पुगेपछि रोकिएको उदाहरण दिँदै कानुनी कारबाहीमा विभेद भइरहेको उनको आरोप छ।

प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै प्रसाईंले नक्साको राजनीतिभन्दा भूमि फिर्ताको ठोस पहल हुनुपर्नेमा जोड दिए। यस्तै, धोबीखोलाका सुकुम्वासी बस्तीमा नामावली संकलन गर्न सेना पठाउनुभन्दा सीमा रक्षामा ध्यान दिन उनले सुझाव दिए।

आफूलाई देशको एक जिम्मेवार नागरिकका रूपमा प्रस्तुत गर्दै प्रसाईंले राज्यलाई वार्षिक ५० करोड रुपैयाँ कर बुझाउने गरेको र ५ हजार मानिसलाई रोजगारी दिएको दाबी गरे । छिमेकी मुलुक भारतले चिनी र मल आयातमा गरेको कडाइका कारण नेपाली किसानहरू मर्कामा परेको भन्दै उनले परनिर्भरताको आलोचना गरे।


प्रतिक्रिया दिनुहोस !
विचार