Logo
२ असार २०८३, मंगलवार
|  Tue Jun 16 2026

मदन भण्डारी राजनीतिक यात्राका दीपस्तम्भ र युगद्रष्टा थिए: अध्यक्ष ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी युगद्रष्टा भएको बताएका छन् ।

मदन आश्रित स्मृति दिवसका अवसरमा अध्यक्ष ओलीले मदन प्रतिपादित जनताको बहुदलीय जनवादको वैचारिक विरासतले अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै उल्लेख गरेका हुन् ।

उनले जबज यथार्थको धरातलमा टेकेर उभिएको विचार भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मदन भण्डारी–जीवराज आश्रित, अनि यस आन्दोलनले जन्माएका कयौं अग्रज र योद्धाहरू आज हामीमाझ शारीरिक रूपमा हुनुहुन्न। तर विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीपस्तम्भझैँ छन्। जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो।’

अध्यक्ष ओलीले मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र नहुने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार