Logo
१० आश्विन २०८३, शनिबार
|  Sun Sep 27 2026

प्राइम बैंकले १६ प्रतिशत बोनस सेयर दिने


प्राइम कमर्सियल बैंकले सेयरधनी १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलब ६३१३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

बैंकको अहिले चुक्ता पुँजी १६ अर्ब ८ करोड रुपैयाँ छ। जगेडा कोषमा ५ अर्ब ७६ करोड रुपैयाँ छ। बैंकले गत आर्थिक वर्ष २ अर्ब ६६ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा ३२ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार