Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

सरकारविरुद्ध देशभरका सुकुम्बासीद्वारा बुटवलमा प्रदर्शन,विकल्पविना नहटाउन माग


बुटवल । सरकारले वर्षौंदेखि बसेको बस्तीमा देशभरका अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीले बुटवलमा प्रदर्शन गरेका छन् ।

नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न जिल्लाबाट हजारौँको सहभागितामा सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्थाबिना डोजर चलाएर आतंक मच्चाएको भन्दै रहेको नेपाल भूमिहीन सुकुम्बासी संघर्ष समिति, रूपन्देहीका संयोजक खगेन्द्र पौडेलले जानकारी दिए ।

सरकारले बिनाविकल्प गरिब सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर उठिबास लगाउने काम गरेको उनको ले आरोप छ ।


प्रतिक्रिया दिनुहोस !
विचार