Logo
४ जेष्ठ २०८३, सोमबार
|  Mon May 18 2026

‘समग्र राष्ट्रिय एकता अहिले नेपालको आवश्यकता हो’:अर्जुननरसिंह केसी


काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान सुधार सुझाव आयोग गठन हुनुपर्ने बताएका छन् । सो आयोगले संसदभित्र रहेका राजनीतिक दल र बाहिर रहेका सबै पक्षलाई संयोजन गरेर सुझाव दिनुपर्ने उनको धारणा छ ।

आज प्रजातात्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको ‘समसायिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ सम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले संविधानले कुनै पार्टीका इच्छा र अभिमतलाई मात्र नेतृत्व गर्नु नहुने नबताउँदै व्यवहारमा देखिएका त्रुटि कमजोरी समेतलाई केन्द्रविन्दुमा राखेर संविधानबारे राष्ट्रिय रुपमा बहस चलाउनुपर्ने आवश्यकता औंल्याए ।

देश द्वन्द्वमा फस्न सक्ने सम्भावना रहेको भन्दै उनले राष्ट्रिय एकताको खाँचो औंल्याए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार