Logo
४ जेष्ठ २०८३, सोमबार
|  Mon May 18 2026

संसदमा प्लेकार्डसहित श्रम संस्कृति पार्टीद्वारा प्रधानमन्त्रीको विरोध,मर्यादित बन्न सभामुखको चेतावनी


काठमाडौं । संसदप्रति प्रधानमन्त्री जवाफदेही हुनुपर्ने भन्दै प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति  पार्टीले पर्चा देखाएर विरोध गरेको छ । सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरुले सभामुखको अगाडि गएर पर्चा देखाएर विरोध गरेका हुन् ।

श्रम संस्कृति पार्टीले ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ’, ‘प्रश्नदेखि भाग्न पाइँदैन’, ‘जनमतलाई सम्मान गर’ भन्दै विरोध गरेको हो । पर्चा देखाएर विरोध गरेपछि सभामुख डीपी अर्यालले सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्न आग्रह गरे ।

सभामुख अर्यालले संसदीय मर्यादामा बसेर विरोध गर्न निर्देशन दिए । त्यसपछि श्रम संस्कृतिका सांसद छातीमा पोस्टर टाँसेर सिटमा बसेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार