काठमाडौं । नेपाली कांग्रेका सांसद अभिषेकप्रताप साहले तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न गठिन समितिप्रति आशंका गरेका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसद साहले गृहमन्त्री हुँदा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा कयौँ प्रश्न गर्ने ठाउँ रहेको भन्दै छानबिन समितिले चोख्याउने आशंका रहेको बताएका हुन् । उनले यस्ता शंकास्पद सम्पत्ति भएका व्यक्तिबारे सरकारलाई ढाकछोपमा नलाग्न आग्रह गरे ।
उनले आयोगको गतिविधिमाथि निगरानी राख्न र उच्चस्तरीय तथा पारदर्शी छानबिन गर्न माग गरे ।




