Logo
५ जेष्ठ २०८३, मंगलवार
|  Tue May 19 2026

सहमतिका लागि खुलेर संवाद गरिरहेको छु,एकजना साथीको शिर निहुरिन दिन्नँ:सभापति थापा


काभ्रे । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनमा भएको हारलाई पार्टी पुनर्संरचना गर्ने अवसरको रूपमा लिनुपर्ने बताएका छन् ।

सोमबारदेखि काभ्रेको धुलिखेलमा भएको पार्टीको बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति भएकाले सबैभन्दा जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए । उनले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति भएकाले आफूहरुले त्यसरी सोच्नुपर्ने बताए ।

उनले संविधानभन्दा दायाँ बायाँ देश जान नहुने भन्दै यसलाई सम्हाल्ने जिम्मा कांग्रेसकै भएको बताए । उनले पार्टीका नेताहरूसँग आफूले खुलेर संवाद गरिरहेको भन्दै सहमतिको लागि तयार रहेको बताए । सभापति थापाले आफ्नो कारणले पार्टीको कुनै सदस्यको शिर निहुरिन नदिने बताए । सभापति थापाले कांग्रेससँग प्रतिक्रिया दिएर भाग्ने सुविधा नभएको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार