Logo
१० जेष्ठ २०८३, आईतवार
|  Mon May 25 2026

हर्कराज साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको खोजी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने बताए ।

उनले सभामुखलाई प्रधानमन्त्री यो संसद्को सदस्य हो कि होइन ? भन्दै प्रश्न सोधेका छन् । हर्कले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने माग दोहोर्‍याए । यसअघि नीति तथा कार्यक्रमको जवाफ दिन सदनमा उपस्थित नभएको भन्दै उनले लिखित रुपमै राजीनामा मागेका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार