काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित हुन रुलिङ गर्न सभामुखसँग माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक निश्कल राईले संख्याको दम्भ नदेखाउन चेतावनी दिए ।
उनले भने, ‘हामीले सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका छौँ । यसमा सभामुखको हामीलाई साथ मिलेन, सरकारले टेरेन । पछिल्लो केही बैठकदेखि अर्को प्रतिपक्षी दलले यहाँ सरकार खोज्दै, जवाफदेही तर सदन प्रति सरकारको उत्तरदायित्व खोज्दै प्लेकार्ड देखाइरहेको छ । सभामुख महोदयले यसलाई अमर्यादित भन्नुभएको छ ।’
उनले सभामुखले हर्कको व्यवहारप्रति प्रश्न उठाएकोप्रति असन्तुष्टि जनाउँदै रास्वपाको विगत सम्झाए । सांसद राईले कांग्रेसले हिजोको त्यो कार्य पनि गलत थियो र आजको पनि सही छैन भन्ने निष्कर्ष निकालेको पनि बताए । अहिलेको परिस्थिति सरकारले सिर्जना गरेको बताएका हुन् ।





