Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

प्रधानमन्त्री संसद्को अङ्ग हो कि भिन्दै साम्राज्यको सम्राट :अर्जुननरसिंह केसी


काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसद्प्रति जवाफदेही नभएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्री संसद्को अङ्ग हो कि भिन्दै साम्राज्यको सम्राट ? भन्दै प्रश्न गरे।

उनले भने, ‘प्रधानमन्त्री नै अहिले गृह मन्त्री हुनुहुन्छ। गृह मन्त्रालयले अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने विषय हो। अब उहाँ नै गृह मन्त्री हुनुहुन्छ, उहाँ स्वयं आफू यो संसद्को अङ्ग हो कि होइन मैले थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्यको कतैको टापुको सम्राट हो कि यो संसद्को नै अभिन्न अङ्ग हो, त्यतातिर पनि म ध्यानाकर्षण गर्न चाहन्छु।’

बैठकमा बोल्दै उनले १५ दिनपछि सुरु हुने मनसुनको पूर्वतयारबारे चासो राखे।


प्रतिक्रिया दिनुहोस !
विचार