Logo
२ असार २०८३, मंगलवार
|  Tue Jun 16 2026

राष्ट्रिय बालअधिकार परिषद् खारेज नगर्न इन्दिरा रानाकाे माग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वउपसभामुख इन्दिरा रानामगरले राष्ट्रिय बालअधिकार परिषद् खारेज गर्ने अघिल्लो सरकारकाे निर्णय कार्यान्वयन नगर्न माग गरेकी छिन् ।

प्रतिनिधिसभाकाे आकस्मिक समयमा बाेल्दै सांसद रानामगरले अघिल्लो सरकारले खारेज गरेकाे निर्णय सार्वजनिक भएकाे भन्दै बालअधिकार संरक्षण, बालबालिकाकाे हकहित तथा संस्थागत निरन्तरताजस्ता संवेदनशील विषयलाई मध्यनजर गर्दै कुनै पनि वैकल्पिक संरचना तथा प्रभावकारी व्यवस्था सुनिश्चित नभएसम्म उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारकाे ध्यानाकर्षण गराएकी हुन् ।

यस विषयमा सराेकारवालासँग व्यापक परामर्श गरी पुनर्विचार गर्न पनि आग्रह गरेकी छिन् । सांसद रानाले बालबालिका निमुखा वर्ग भन्दै संरक्षण गर्ने निकाय चाहिने पनि बताइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार