Logo
७ जेष्ठ २०८३, बिहीबार
|  Thu May 21 2026

प्रधानमन्त्री चाँडै सदनमा आउनुहुन्छ,नआउने कुरै छैन : रवि लामिछाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आएर उठेका प्रश्नको जवाफ दिने बताएका छन्।

बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आउने र यसको जानकारी पनि छिटै हुने बताएका हुन्।

आज संसद बैठकबाट निस्किने क्रममा सञ्चारकर्मीले उनलाई यो विषयमा प्रश्न राखेका थिए । लामिछानेले अस्पष्ट र टालटुले जवाफ दिए ।

उनले भने, ‘प्रधानमन्त्री आउनुहुन्छ, नआउने भन्ने कुरै छैन । आएपछि तपाईंहरुले थाहा पाइहाल्नुहुन्छ ।’ प्रधानमन्त्रीको अनुपस्थितिले तपाईंलाई दवाव परेको हो भन्ने प्रश्नमा उनले अस्वीकारोक्ती व्यक्त गरे ।

उनले भने, ‘मलाई कुनै कुराको दवाव छैन । म दवाव लिने मान्छे नै होइन । प्रक्रिया, अभ्यास हुँदै जाने कुरा हुन्छ । काम महत्वपूर्ण हो । सरकारले आफ्नो काम गरिरहेको छ । अहिले मिडियाले हामी सत्तापक्षलाई होइन, मलाई होइन, तपाईंहरुको समय प्रतिपक्षलाई दिनुभयो भने अलि बढी सजिलो हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार