काठमाडौँ । सभामुख डीपी अर्यालले मुलुकको आवश्यकता र भविष्यका चुनौतीलाई सम्बोधन गर्ने गरी कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।
पूर्वसांसद मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले पुराना कानुन संशोधन वा आवश्यक नभए खारेज गर्दै नयाँ कानुन निर्माण गर्नुपर्ने बताए ।उनले कानुन निर्माणमा अनुभवी पुस्ताको सिकाइ, वर्तमान अभ्यास र नयाँ पुस्ताको अपेक्षालाई समेटेर देश सुहाउँदो कानुन बनाउन आवश्यक रहेको बताए ।
न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीचको समन्वय र गति मिल्न नसके देशले अपेक्षित विकास गर्न नसक्ने बताए ।





