Logo
१२ जेष्ठ २०८३, मंगलवार
|  Tue May 26 2026

जीबी राईलाई पक्राउ गर्न सांसद राईको माग


काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जीबी राईलाई पक्राउ गर्न माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा राईले फरार भएका राई कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गरे ।

उनले प्रश्न गरे, ‘जीबी राई कहिले पक्राउ पर्छन् ?’ उनले सहकारीपीडितको रकम सरकारी कोषबाट दिन खोजिएको हो ? भन्दै प्रश्न गरेका छन् । सांसद राईले सहकारीका ठगीमा परेकाहरूलाई राहत दिनुपर्ने तर त्यो राहत सरकारी ढुकुटीबाट दिन नपाइने बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार