Logo
१२ जेष्ठ २०८३, मंगलवार
|  Tue May 26 2026

सभामुखलाई प्रधानमन्त्रीमाथि रुलिङ गर्ने अधिकार हुँदाहुँदै प्रयोग गर्न नसक्नु दुःखद:सांसद शाह


काठमाडौँ । नेपाली कांग्रेसले सभामुख डीपी अर्याललाई प्रधानमन्त्रीलाई सदनमा आउन रुलिङ गर्न माग गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली काग्रेसका सांसद अभिषेकप्रताप शाहले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्न माग गरे ।

उनले सभामुखलाई रुलिङ गर्ने अधिकार हुँदाहुँदै अधिकार प्रयोग गर्न नसक्नु दुःखद भएको बताए । उनले भने, ‘तपाईँलाई कुनै पनि मन्त्री, प्रधानमन्त्री र सांसदमाथि रुलिङ गर्ने अधिकार छ । त्यो अधिकार प्रयोग गर्न कसले रोकेको छ ? कसले छेकेको छ ? तपाईं कार्यपालिकाप्रमुख प्रधानमन्त्रीलाई सदनप्रति उत्तरदायी बनाउन सक्नुहुन्न र ? सदनलाई जानकारी गराइयोस् ।’

जवाफमा सभामुख अर्यालले प्रधानमन्त्रीले संसदमा आउने तयारी गरिरहेको जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार