Logo
१३ जेष्ठ २०८३, बुधबार
|  Thu May 28 2026

बुद्ध दर्शन सहकारीबाट ३४ जनाको बचत रकम फिर्ता,१ महिनाभित्र ५ लाख रुपैयाँ फिर्ता गर्ने


काठमाडौँ । काठमाडौँ महानगरपालिका सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता दिएको छ ।

महानगरपालिकाको वडा नम्बर ६ मा सञ्चालित सहकारी संस्थाले १ लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने ७० जना बचतकर्ता सदस्यहरुलाई बचत रकम फिर्ता लिन विभागमा बोलाइएको थियो । यसरी बोलाइएका मध्ये ३४ जनाले बचत फिर्ता लिएका हुन् । सहकारी संस्थाका उपाध्यक्ष रविन लामाका अनुसार अरुको कुरा सुनेर केही बचतकर्ता आएनन् । उनीहरुलाई फिर्ता लिन फेरि बोलाउने उनले बताए ।

सहकारीले आगामी १ महिनाभित्र ५ लाख रुपियाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ । ठूला बचतकर्ताका हकमा सहकारी विभागसँग समन्वय गरेर ऋणीहरुलाई पनि ताकेता गर्ने र बचतकर्ताको पनि बचत रकम फिर्ता गर्दै जाने तयारीमा रहेको उपाध्यक्ष लामाले बताए ।

सहकारीमा कम बचत गर्नेले १ हजार ११५ रुपैयाँ र धेरै बचत गर्नेले ८० लाख रुपैयाँसम्म रकम जम्मा गरेको लामाको भनाइ छ ।सहकारी विभागले बचत फिता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको छ । काठमाडौँ महानगरपालिकाभित्रका ७२६ वटा सहकारी संस्था सम्पर्कमा छन् । १ हजार १८६ वटा संस्था सम्पर्कमा छैनन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार