Logo
३ असार २०८३, बुधबार
|  Wed Jun 17 2026

सांसद मिङमा डेभिडले सगरमाथामा पुर्याए सङ्घीय संसद्को ‘लोगो’


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

उनले बुधबार बिहान ५ बजेर ४० मिनेटको समयमा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन्। ऐतिहासिक आरोहणका क्रममा सांसद शेर्पाले संघीय संसद्को आधिकारिक ‘लोगो’ समेत सगरमाथाको शिखरमा फहराएका छन्।

आरोहण सम्पन्न गरी सुरक्षित रूपमा ‘बेसक्याम्प’ (आधार शिविर) फर्किएपछि सांसद शेर्पाले बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले नवौँ दिनमा सगरमाथाको सफल आरोहण गरेको जानकारी सार्वजनिक गरेका थिए।

‘सदनदेखि शिखरसम्म’ भन्ने विशेष नाराका साथ सगरमाथाको यात्रा तय गरेका उनी बहालवाला सांसदको रूपमा सर्वोच्च शिखर पुग्ने विरलै व्यक्तिहरूमध्ये पर्छन्।

शेर्पाले आफ्नो यस साहसिक र ऐतिहासिक सगरमाथा आरोहण अभियानलाई सफल बनाउन महत्वपूर्ण सहयोग पुर्‍याउने सभामुख डोलप्रसाद अर्यालसहित सम्पूर्ण सहयोगी र सुभेच्छुकहरूप्रति हार्दिक आभार समेत व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार