काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गर्दा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बाहिरिएका छन् ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहँदा उनी बाहिरिएका हुन् ।
उनले आफ्नो महत्वपूर्ण काम भएको भन्दै बजेटबाट बाहिरिएको बताए । ‘मेरो पार्टीका अरु साथीहरू भित्र हुनुहुन्छ । मेरो अर्को महत्वपूर्ण काम छ, त्यही भएर निस्किएको हुँ,’ साम्पाङले भने ।



