Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

सरकारले गरिबी हटाउने होइन, गरिबलाई नै हटाउने मानसिकता देखायो:गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसलाई नयाँ सोच, नयाँ संकल्प र नयाँ कार्यशैलीका साथ रूपान्तरण गर्ने अभियान अघि बढाइएको बताएका छन् ।

शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले विशेष महाधिवेशनमार्फत कांग्रेसलाई बदल्ने संकल्प गरिएको बताएका हुन् ।

उनले पार्टी परिवर्तनको अर्थ केवल नेतृत्व वा अनुहार परिवर्तन नभई विगतका सकारात्मक मूल्य र योगदानलाई जोगाउँदै कमजोरीहरूलाई त्याग्नु रहेको बताए । थापाले नेपालको राष्ट्रिय एकीकरण र अखण्डताको रक्षामा थारु समुदायले महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै समुदायप्रति सम्मान व्यक्त गरे।

थापाले बीपी कोइरालाले परशुनारायण चौधरीप्रति देखाएको विश्वास थारु समुदायप्रतिको सम्मानको प्रतीक भएको बताए ।उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा कमैया मुक्तिको ऐतिहासिक निर्णय भएको स्मरण गरे । थापाले पार्टीको संगठन विस्तारमा थारु समुदायको सहभागिता बढाउन आग्रह गर्दै क्रियाशील सदस्यता विस्तार अभियानमा सक्रिय हुन आह्वान गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार