काठमाडौं । आइतबारको प्रतिनिधिसभा बैठकमा सत्तापक्षकी सांसद आशिका तामाङ आक्रोशित भएपछि रास्वपाकै सांसदले बाहिर लगेका छन् । प्रधानमन्त्री बालेन साहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरुले नियमापत्तीको विषय उठाइरहेका बेला तामाङ आक्रोशितरुपमा प्रस्तुत भएकी थिइन् ।
उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि उनलाई रास्वपाकै सांसदहरुले रोकेका थिए । र पछि उनलाई बाहिर लगेका छन् ।
एमालेका प्रमुख सचेतक ऐन महर, श्रम संस्कृतिका सांसद ध्रुवराज राईलगायतले हात उठाए र सभामुखसँग सवाल–जवाफ चलिरहेका बेला आशिका आक्रोशित भएकी थिइन् । उनले विपक्षी सांसदतर्फ आक्रोश व्यक्त गरिन् ।




