मोबाइल चलाउँदा सधै निहुरेर चलाउनु हुन्छ ? ध्यान दिनुहोस् यसले तौल बढ्ने एक अध्ययनले देखाएको छ ।
अहिलेको समय भनेको डिजीटल समय हो । केही नयाँ कुरा थाहा पाउन या केही नयाँ काम थालनी गर्न भन्दा अघि हातमा मोबाइल र दिमागमा गुगल याद हुने गर्दछ । हामी आजकाल नेट इन्टरनेट चलाउन मात्रै होइन गेम खेल्न देखि लिएर अन्य प्रयोजनका लागि पनि मोबाइल फोन नै चलाउने गर्छौं ।
वैज्ञानिकहरुका अनुसार मोबाइल चलाउँदा निहुरिनु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । धेरै समय निहुरिएर मोबाइल चलाउँदा घाँटी र गर्धनमा अनावश्यक रुपमा मासु थुप्रिने उनीहरुको तर्क छ ।
अमेरिकामा गरिएको एक सर्वेक्षणमा मोबाइल चलाउने १०० जना मध्ये निहुरिए मोबाइल चलाएका ७० जनाको गर्धन अस्वभाविक रुपमा वृद्धि भएको पाइएको थियो भने मोबाइल कम चलाउँने ३० जनाको तौलमा खासै अन्तर थिएन । विज्ञहरु भन्छन् ः लगातार निहुरिएर मोबाइल चलाउने मान्छेको तौल अन्य व्यक्तिको तुलनामा बढी हुने गर्दछ । निहुरिएर मोबाइल चलाउनेहरुको घाँटी र गर्धन अस्वभाविक रुपमा वृद्धि हुने भएकाले त्यसो नगर्न उनीहरुको सुझाव छ ।






