काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन साहको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा शाहीले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको तथ्य पेश गर्न चुनौती दिए ।
उनले तथ्यांक बिनाको अभिव्यक्ति राजनीतिक भाषण हुन नसक्ने बताए । उनले प्रधानमन्त्रीका भनाइ तथ्यांक, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने उल्लेख गर्दै तथ्यबिनाका अभिव्यक्ति राजनीतिक भाषण त हुनसक्ने तर राज्य सञ्चालनको आधार बन्न नसक्ने बताए। शाहीले नेपाल–भारत सीमा सम्बन्धी विषय उठाउँदै सरकारले भारतले नेपाली भूमि मिचेको दाबी गरेको हो भने त्यससम्बन्धी प्रमाण संसदसमक्ष प्रस्तुत गर्न आग्रह गरे ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदले उठाएका प्रश्नको उक्त दिने क्रममा प्रधानमन्त्री बालेन साहले भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको बताएका थिए ।





