काठमाडौं । राष्ट्रिय प्रजातन्त्रका पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र दुर्गा प्रसार्ईँबीच एकता हुने भएको छ । । शुक्रबार उनीहरुले एकता गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारीमा हस्ताक्षर गरेसँगै प्रसाईँले आफ्नो नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन भएको घोषणा गरेका छन् । उनीहरुले राष्ट्रिय एकताका प्रतिक श्री ५ पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शन, राष्ट्रिय स्वाभिमान सहितको सुधारमुखी संघीयता, एक पटकको नेपाली सधैंको नेपाली र दोहोरो नागरिकता राख्न पाउनु पर्ने व्यवस्थालगायतलाई एकताको आधार मानेका छन् ।





