काठमाडौँ । नेकपा एमालेले सुदन गुरुङलाई पुनः गृहमन्त्री बनाउनु सुशासनको भद्दा मजाक भएको बताएको छ । मंगलबार विपक्षी दलहरुको बैठकपछि सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै एमाले प्रमुख सचेतक ऐन महरले सुशासनको नयाँ नारा दिए पनि सरकारले पुरानै र जनस्तरबाट तिरस्कृत शैली अपनाएको बताएका हुन् ।
उनले भने, ‘यसप्रति हाम्रो आपत्ति छ । म यस विषयमा दुःख व्यक्त गर्न चाहन्छु। नेपालीमा एउटा उखान छ, आफैँ धामीझाँक्री, आफैँ बोक्सी, सरकारले त्यही प्रयास गरेको देखिन्छ। यो सुशासनको भद्दा मजाक हो।’





