Logo
७ असार २०८३, आईतवार
|  Sun Jun 21 2026

हामीले आफ्ना नेतालाई भगवान् बनाएर गल्ती गर्‍यौँ, तपाईँहरू नगर्नू:गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले चार वर्षमा रास्वपाले पाएको जनसमर्थन लोभलाग्दो रहेको बताएका छन् ।

आइतबार चितवनको भरतपुरमा रास्वपाको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले इतिहासमा पाएको असाधारण जनमतलाई टिकाउन पनि उत्तिकै चुनौतीपूर्ण हुने बताएका हुन् ।

सभापति थापाले रास्वपालाई सानो बनाएर वा खुट्टा काटेर आफूहरू अग्लो हुने चाहनामा नभएको बताए । उनले नयाँ शक्तिलाई सत्ता र शक्तिको उन्मादबाट जोगिन विशेष आग्रह समेत गरे । नेपालको इतिहासमा यसअघि पनि विभिन्न राजनीतिक दलहरूले तीन–चार पटक यस्तै उत्साहजनक र ठूलो जनमत प्राप्त गरेको स्मरण गर्दै उनले हरेक पटक त्यो जनमत दुर्घटनामा परेको तितो यथार्थ औँल्याए ।

सभापति थापाले पार्टीहरूमा सत्ता र शक्तिको घमण्ड बढ्दै जाँदा नेतृत्वबाट अलोकतान्त्रिक व्यवहारहरू प्रदर्शन हुन थाल्ने र अन्ततः जनताले दिएको मत तथा भरोसा दुर्घटनामा पर्ने गरेको बताए । उनले रास्वपाले विगतका राजनीतिक दलहरूले गरेका त्यस्ता गल्तीहरूबाट पाठ सिक्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार