काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालासँग भेटवार्ता गरेका छन् । शुक्रबार विराटनगरस्थित कोइराला निवास पुगेर उनीहरुले कोइरालासँग भेटवार्ता गरेका हुन् ।
भेटमा उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको कोइरालाको निजी सचिवालयले जनाएको छ । त्यसअघि आजै बिहान कोइराला र कांग्रेस महामन्त्री गुरुराज घिमिरेबीच पनि भेटवार्ता भएको थियो ।





