Logo
१२ असार २०८३, शुक्रबार
|  Fri Jun 26 2026

एमालेसँग सहकार्य हुँदैछ, मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस्: प्रचण्ड


विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग छिट्टै सहकार्य सुरु हुने बताएका छन् ।

शुक्रबार विराटनगरमा पार्टीको कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले एमालेसँग मात्र नभई अन्य वामपन्थी दल तथा जनता समाजवादी पार्टीसँग पनि संवाद भइरहेको जानकारी दिएका हुन् । उनले पार्टीको आगामी महाधिवेशनमा अर्को ‘क्रमभङ्ग’ हुने बताए ।

प्रचण्डले पार्टीलाई नयाँ विचार, राजनीति, संगठन र कार्यशैलीका आधारमा पुनर्गठन गर्दै अघि बढाइने बताए । नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण हुने उल्लेख गर्दै उनले युवालाई सक्रिय रूपमा पार्टी नेतृत्वमा आउन आह्वान गरे ।

उनले भने, ‘नेतृत्वले छोड्दैन भन्ने टेन्सन छोड्नुस्, अब नेतृत्व तपाईंहरूको हातमा आउँछ । हामीभन्दा अर्को पुस्ताका योग्य साथीहरू अगाडि आउनुपर्छ।’ पार्टी नेतृत्वले नयाँ पुस्तालाई अवसर नदिने भन्ने प्रचार प्रतिक्रियावादी शक्तिहरूले फैलाएको भ्रम मात्र भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार