काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मध्यपूर्वमा देखिएको समस्याको कारणले मूल्य वृद्धिबाट भएपछि अब घट्ने बताए।
‘मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनमा भएको मूल्यवृद्धिबाट आम उपभोक्तामा परेको भारलाई घटाउन म आफैँ अर्थमन्त्री भएको दुई हप्ता भित्रै यही दफा १८ लाई टेकेर डिजेल, पेट्रोल, मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल र डिजेल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट हामीले दियौँ’, उनले भने ।
उनले भारतीय आयल निगम मार्फत हामीले इन्धन आयात गर्ने भएकोले मूल्य घट्न केही समय लाग्ने बताए । अर्थमन्त्री वाग्लेले आफूले अर्थमन्त्री हुने बित्तिकै उक्त इन्धनको मूल्य घटाउनका लागि पहल गरेको दाबी समेत गरे ।





