Logo
१४ असार २०८३, आईतवार
|  Sun Jun 28 2026

आर्थिक विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित


काठमाडौँ । आर्थिक विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गर्नका लागि गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका हुन् । उक्त विधेयक यही साउनबाट लागू हुनेछ ।

त्यसअघि सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पुँजीगत खर्चको न्युन अवस्था र प्रस्तावित करका दरहरूका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

आइतबार प्रतिनिधिसभाको बैठकमा ‘आर्थिक विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै छलफलका क्रममा विभिन्न राजनीतिक दलका सांसदहरूले विकास निर्माणका कामलाई गति दिन र कर प्रणालीलाई न्यायसंगत बनाउन सुझाव दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार