Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

गृहमन्त्री गुरुङ र गृहसचिवको गाडीको कालो सिसा हटाइयो


काठमाडौँ । ट्राफिक प्रहरीले गृहमन्त्री सुदन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारी साधनमा जडान गरिएको कालो स्टिकर हटाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र गृहसचिवको सवारीको कालो सिसा हटाएको हो । ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियान थालेपछि आफ्नो सवारीको पनि कालो सिसा हटाउन भन्दै गृहमन्त्री आफैं ट्राफिक प्रहरी कार्यालय पुगेका थिए ।

त्यसपछि प्रहरीले उनीहरूको सवारीको कालो सिसा हटाएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारीसाधनमा कालो सिसा प्रयोग गर्नेविरुद्ध कारबाही थालेको हो।  ट्राफिक प्रहरीले कानुनको समान कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले सरकारी तथा निजी सबै सवारीसाधनमा अवैध रूपमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई निरन्तरता दिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार