Logo
२१ भाद्र २०८३, आईतवार
|  Sun Sep 6 2026

‘नेपाली ब्रो’ र उनकी प्रेमिका जेल चलान,२ जना धरौटीमा रिहा


काठमाडौँ । श्रीमती हत्याको अभियोगमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा र उनी प्रेमिका प्रतीक्षा आचार्यलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले कर्तव्य ज्यान मुद्दामा दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

थापाले श्रीमती ईश्वरी भुजेलको जेठ २२ गते राति हत्या गरेका थिए । सोही मुद्दामा मतियारका रुपमा प्रतिवादी बनाइएका विक्रम थापा मगर र सुजन थापालाई भने एक लाख रुपैयाँ धरौटी माग्ने आदेश भएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार