Logo
१९ असार २०८३, शुक्रबार
|  Fri Jul 3 2026

एमाले पूर्वसांसद कोइरी जेल चलान


जकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कारागार चलान गरिएको छ ।महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरेको थियो ।

अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए ।

दोस्रो मधेश आन्दोलनको बेला २०८२ मा सशस्त्र प्रहरीका असई थमन बिक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाइ दिए पनि उच्च अदालत जनकपुरले बुधबार पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

गौशाला २, निगौल घर भएका महतो २०७९ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। सांसद भएपछि फरार सूचीमा रहेका महतोलाई जिल्ला अदालतले सफाइ दिएको थियो।

तर उच्चले उनलाई बुधबार दोषी ठहर गरेको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार