Logo
१२ आश्विन २०८३, सोमबार
|  Mon Sep 28 2026

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सनको मूल्य आज ९४ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रहने छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० रूपैयाँ तोकिएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५९ डलर आसपासमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदीको मूल्य एक हजार २८५ रूपैयाँ तोकिएको छ। बिहीबार प्रतितोला एक हजार २७० रूपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार