Logo
२४ असार २०८३, बुधबार
|  Wed Jul 8 2026

सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन


काठमाडौँ । सभामुख डीपी अर्यालले नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद राईले ‘सभामुखले कान सुन्नुहुन्छ कि हुन्न’ भनेर प्रश्न गरेका थिए। त्यसपछि सभामुख अर्यालले सांसद राईलाई बोल्न रोकेका थिए ।

तर पछि सभामुखले अभिव्यक्ति सच्याउन समय दिएका थिए । तर राईले फेरि सभामुख अर्यालले पाँच वर्षसम्म संसद चलाउन नसक्ने भन्दै आलोचना गरेका थिए ।

त्यसपछि सभामुख अर्यालले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। त्यसपछि बसेको बैठकमा सभामुख अर्यालले सांसद राईलाई बोल्न समय दिएका थिए । त्यसपछि सभामुख अर्यालले यसअघिको सांसद राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार