Logo
२६ असार २०८३, शुक्रबार
|  Fri Jul 10 2026

सर्वोच्चले सम्पत्ति जाँचबुझ आयोगविरुद्धको रिट पूर्ण इजलासबाट टुंग्याउने


काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति विवरण पेस गर्नमा बाध्य नपार्न अन्तरिम आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले सम्पत्ति जाँचबुझ छानबिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले नेपालको संविधान र प्रचलित कानुनको प्रतिकूलमा अपूरणीय क्षति हुने स्थिति देखिँदा प्रस्तुत रिट निवेदनको पूर्ण इजलासबाट अन्तिम टुंगो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेस गर्न बाध्य नपार्नू, पेस हुन आएको सम्पत्ति विवरणउपर छानबिन गर्ने कार्य यथास्थितिमा राख्नू र कसैउपर पनि कुनै किसिमको कानुनी कारबाहीका लागि सिफारिस नगर्न–नगराउन आदेश दिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार