Logo
१८ भाद्र २०८३, बिहीबार
|  Thu Sep 3 2026

उचित पारिश्रमिक तथा सम्मानजनक कार्य वातावरणको माग गर्दै चिकित्सकहरुको विरोध प्रदर्शन


काठमाडौँ । श्रम शोषणको अन्त्य, उचित पारिश्रमिक तथा सम्मानजनक कार्य वातावरणको माग गर्दै विभिन्न अस्पतालमा कार्यरत इन्टर्नसिप चिकित्सकहरुले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक) को ड्युटी समय नेपालको श्रम ऐन, २०७४ बमोजिम दैनिक अधिकतम १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था हुनुपर्नेमा अधिक समय काममा खटाइएको गुनासो गरेका छन् ।

उनीहरुले ‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गरौँ’, ‘जेनजीको नाममा बनेको सरकार, जेनजी डाक्टरलाई न्याय दे’,‘रातभर नसुतेको डाक्टर बिरामी छ, स्वास्थ्य सेवा बिरामी छ, देश बिरामी छ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार