काठमाडौँ । सोमबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ । सोमबार नेप्से ४१.७० अङ्कले बढेर २ हजार ७१९.२४ विन्दुमा पुगेको छ ।
आज म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा उत्पादन तथा प्रशोधन समूह ३ दशमलव २१ तथा जलविद्युत् र अन्य समूह साढे २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज २३९ वटा कम्पनीको शेयर बढेकोमा ३२ वटाको घटेको छ ।
यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । आज एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आत्मनिर्भर लघुवित्त र कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ३४३ वटा कम्पनीका १ करोड २२ लाख कित्ता शेयर ५ अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ ।




