काठमाडौँ । काठमाडौंको कीर्तिपुर निजी कारमा आगलागी भएको छ । मंगलबार बिहान कीर्तिपुरको ट्यांग्लाफाँटस्थित चाँदनी चोकमा पार्किङ गरिएको कारमा आगलागी भएको हो ।
बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् ।
प्रहरीकाअनुसार कारभित्र रहेका एक व्यक्तिको जलेर मृत्यु भएको छ । आगलागीको कारण भने खेुलेको छैन प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।





