Logo
२९ भाद्र २०८३, सोमबार
|  Mon Sep 14 2026

१ लाख २० हजार क्याप्सुल ‘डामाडोल’सहित गाङखेलबाट तीन जना पक्राउ


काठमाडौँ । काठमाडौँको गाङखेलबाट सशस्त्र प्रहरीले १ लाख २० हजार क्याप्सुल लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुंगा मानेभञ्ज्याङ–५ स्थायी घर भई हाल ललितपुर महालक्ष्मी–६ बस्ने २४ वर्षीय दीपक राई रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा साउन १२ गते उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट ‘डामाडोल’ नामक लागूऔषधका १ लाख २० हजार क्याप्सुल, बिएसी ७०१७ नम्बरको टाटा हात्ती गाडी, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल र नगद नेपाली रुपैयाँ बरामद गरेको छ।

पक्राउ परेका तीनै जनालाई बरामद लागूऔषध, नगद, सवारीसाधन तथा मोबाइलसहित आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार