Logo
१७ श्रावण २०८३, आईतवार
|  Sun Aug 2 2026

भारतीय एसएसबीले सुस्ताभित्र पसेर अस्थायी बाँध भत्कायो, स्थानीयसँग विवाद


नवलपरासी । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पश्चिम नवलपरासीको सुस्ताको नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि तनाव भएको छ ।

आइतबार दिउँसो सादा पोसाक र हतियारसहित आएका एसएसबी नेपाली भूमि प्रवेश गरी अस्थायी बाँध भत्काएका स्थानीयले बताएका छन् । भारतीय सुरक्षाकर्मीले नेपालतर्फ बनिरहेको बाँध भत्काएपछि स्थानीयबासी प्रतिवादमा उत्रिएका छन् ।

स्थानीय प्रतिवादमा उत्रिएपछि सशस्त्र प्रहरीले नेपाली पक्षलाई रोकेको थियो । यसअघि गत असारमा पनि भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरेर बाँध निर्माणको काम रोक्न दबाब दिएपछि तनाव भएको थियो । सुस्ता नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमा क्षेत्रका रूपमा रहँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार