Logo
१८ श्रावण २०८३, सोमबार
|  Mon Aug 3 2026

परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ,गैरकानुनीरूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोप


काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो भट्टराईलाई पक्राउ गरेको हो ।

कागेश्वरी मनहरा नगरपालिकाबाट उनलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन् ।

उनलाई राहदानी ऐन अन्तर्गतको कसुरमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।भट्टराईविरुद्ध तिब्बती शरणार्थीका नाममा गैरकानुनीरूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोप छ।

२०६८ सालमा उनले उक्त ऐनअन्तर्गत कसुर गरेको फेला परेसँगै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार