Logo
१० आश्विन २०८३, शनिबार
|  Sun Sep 27 2026

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै पनि हालतमा एलपी ग्यासको अभाव हुन नदिन कडा निर्देशन दिएपछि नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ । टिमले आजदेखि नै आफ्नो कार्य औपचारिक रूपमा सुरु गरेको निगमले जनाएको छ ।

ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित संयन्त्र बनाइएको मन्त्रालयले जनाएको छ ।

‘क्विक रेस्पोन्स टिम’मा उद्योग मन्त्रालयका तर्फबाट मंगल विष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी, ग्यास उधोगबाट आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन् ।

टिमको मुख्य उद्देश्य देशका जुनसुकै स्थानमा एलपी ग्यासको अभाव वा वितरणसम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नु रहेको जनाइएको छ । निगमको ‘हटलाइन’मा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार