Logo
२४ श्रावण २०८३, आईतवार
|  Sun Aug 9 2026

सरकारका मन्त्रीहरू ‘छोटे राजा’को शैलीमा देखिन थाले :सभापति थापा


नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका मन्त्रीहरूमा ‘छोटे राजा’को जस्तो शैली देखिन थालेको बताएका छन्। आइतबार पार्टी कार्यालयमा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले मन्त्रीहरूबाट पछिल्लो समय ‘खुट्टा भाँ’चिदिन्छु’, ‘थु’न्दिन्छु’ जस्ता भाषा प्रयोग हुन थालेको भन्दै आपत्ति जनाए। यस्तो शैलीलाई खबरदारी गर्दै सही ठाउँमा ल्याउनु कांग्रेसको जिम्मेवारी भएको उनको भनाइ छ।

उनले २१ फागुन २०८२ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसप्रति असन्तुष्ट मतदाताले ब्यालेटमार्फत पार्टीलाई प्रतिपक्षमा पुर्‍याएको बताए। थापाले रास्वपाले २१ फागुनमा ब्यालेटमार्फत ल्याएको परिवर्तनलाई कांग्रेसले सम्मान गर्ने बताए। तर, सरकारले जनतालाई अझै परिवर्तनको अनुभूति दिलाउन नसकेको भन्दै उनले असन्तुष्टि जनाए।

सरकार गठन भएको पहिलो १०० दिनलाई कांग्रेसले ‘हनिमुन पिरियड’का रूपमा हेरेर आवश्यक सहयोग गरेको स्मरण गर्दै उनले सरकारको गति ठीक नभएको भन्दै कांग्रेसले प्रश्न उठाउँदै आएको बताए। बैठकमा थापाले बीपी कोइरालाको भनाइ उद्धृत गर्दै राष्ट्रिय संकटका बेला कांग्रेस चुप लागेर बस्न नहुने बताए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार