Logo
१३ आश्विन २०८३, मंगलवार
|  Tue Sep 29 2026

संसदीय अभ्यास सिर्जनात्मक बनाउन सुधार समिति गठन गर्न विपिन आचार्यको माग


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले संसदीय सिर्जनात्मक बनाउन संसदीय सुधार समिति गठन गर्न माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आचार्यले संसदीय अभ्यास कर्मकाण्डी भएको भन्दै संसदीय सुधार समिति गठन गर्न माग गरेका हुन् । उनले संसदलाई सिर्जनात्मक बनाउन संसदीय सुधार समितिले काम गर्ने बताए ।

उनले सांसदको क्षमतालाई अहिलेको संसदीय अभ्यासले सदुपयोग गरेको छ त भन्दै प्रश्न गरे । उनले भने, ‘मैले धेरै पटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भनेर बोलेको छु । हामी सांसदहरू अहिलेको संसदीय अभ्यासबाट खुसी छौं ? एउटा सर्वेक्षण गरौं, के हाम्रो क्षमता अहिलेको अभ्यासले सही दिशामा निकालेको छ त ? यदि छ भने मलाई समस्या छैन। तर मेरोजस्तै बुझाइ धेरै जना सांसदको हो भने संसदीय अभ्यास सुधार्न सबै मिलेर काम गर्नुपर्छ। एउटा संसदीय सुधार समिति बनाएर काम गर्नुपर्छ ।’

उनले संसदलाई सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउने हो भने सुधार समिति गठन गर्नुपर्ने आफ्नो मत रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार