Logo
२७ श्रावण २०८३, बुधबार
|  Wed Aug 12 2026

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाइने :मन्त्री गौरीकुमारी


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न लागेको बताएकी छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित सरक्षण समितिले आज खाद्य आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री कुमारीले अहिले गुगल फारम भरेर ग्यास विवरण भएको विवरण सार्वजनिक गर्न थालेको बताइन् ।

मन्त्री गौरीकुमारीले सिंहदरबारमा साउन २८ गतेदेखि खाद्यको स्टलमार्फत खाद्यान्न बिक्री वितरण गर्न लागेको बताइन् । नेपाल आयल निगमका प्रबन्ध निर्देशन नागेन्द्र साहले एक सातभित्रै ग्यासको सहज आपूर्ति हुने दाबी गरेकी छन् । उनले मङ्गलबारमात्रै १३४ ग्यास बुलेट भित्रिएको बताइन् । उनले साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर भित्रिएको दाबी गरिन् ।

बैठकमा नेपाल आयल निगमका प्रबन्ध निर्देशन नागेन्द्र साहले एक सातभित्रै ग्यासको सहज आपूर्ति हुने दाबी गरे। उनले सिलिन्डरहरू फरक–फरक ब्राण्डका भएकाले साटासाट र व्यवस्थापनमा समस्या परेको हुँदा दीर्घकालीन समाधानका लागि ब्राण्ड तथा कम्पनीहरू मर्जरमा जानुपर्ने धारणा राखेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार