Logo
९ भाद्र २०८३, मंगलवार
|  Wed Aug 26 2026

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत


काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

राष्ट्रियसभाको अर्को बैठक यही १६ भदौको दिउँसो १ः१५ बजे बस्नेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार