Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघले हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य प्रतितोला ५०० ले बढेको बताएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज १० रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार