Logo
२९ भाद्र २०८३, सोमबार
|  Mon Sep 14 2026

अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख ७५ हजार सहयोग


काठमाडौँ । अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोसीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु छ लाख ७५ हजार सहयोग गर्ने भएका छन् ।

कर्मचारीले स्वतःस्फूर्त रूपमा सङ्कलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उद्योगका महाप्रबन्धक उद्धव कार्कीले जानकारी दिए ।

उनका अनुसार विपद्को समयमा पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीले स्वेच्छिक रूपमा रकम सङ्कलन गरेका हुन् ।

उनले उद्योगमा कार्यरत कर्मचारीले पहिलोपटक यसरी स्वतःस्फूर्त रूपमा ठूलो रकम सङ्कलन गरी विपद्बाट प्रभावित परिवारका लागि सहयोग गर्न लागेको बताए ।उद्योगका सहायक महाप्रबन्धक कृष्ण पाण्डेसहित कर्मचारीको सहभागितामा उक्त रकम सङ्कलन गरिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार